भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सबै पीर गर्छन् / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:05, 4 जनवरी 2023 का अवतरण
सबै पीर गर्छन्, अहिले यस्तो ठानी
तिमी साथ भए, मेरो सुध्रिन्थ्यो बानी ।
सधैँ नै छु म त मदहोश यस्तै
मातेको मात्यै भयो जिन्दगानी
तिम्रो अँगालो मेरो साथ भए
दुवै मातिनेथ्यौँ, या सुध्रिन्थ्यो बानी ?
तिम्रै मातले गुमाउनेथ्यो होश
यौवनको मात, प्रीतको नानी
नपिएरै रक्सी मात्तिई हिँड्ने थियौँ
झनै बिग्रिनेथ्यौँ, के सुध्रिन्थ्यो बानी !