Last modified on 2 सितम्बर 2023, at 20:18

मलाई नसोध कहाँ दुख्छ घाउ / हरिभक्त कटुवाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:18, 2 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु, बिथोल्न नआऊ।

मेरो जिन्दगीमा सधैँ यो उदासी
सकेकै छु जिउन कहिल्यै नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ !

यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ।

कतै बिरानीमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति त्यही यति ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

अँध्यारो मै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ॥