भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:21, 14 जून 2024 का अवतरण
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ
केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरी लाजै लाज भरेर आउँछ
केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा
नभनी मैले जिन्दगी मेरो तिमीमा साटेँछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेँछु
पिरोले पनि पापीको माया लागेर आउँछ
केटा – तिमी देख्दा
.....................................................
नोट - (गोपाल योञ्जनसँगको संयुक्त लेखन)