भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी थियौ र त थिए / सानु शर्मा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:31, 10 जुलाई 2024 का अवतरण ('|संग्रह= }} {{KKCatGhazal}} {{KKCatNepaliRachna}} <poem> तिमी थियौ र त थिए सपनाहर...' के साथ नया पृष्ठ बनाया)
|संग्रह=
}}
तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।
निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।
धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।
ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।