भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शरीर छ कहीँ, मन कहीँ / सानु शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:29, 13 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

शरीर छ कहीँ, मन कहीँ
के यसरी चल्छ जीवन कहीँ ?

मिलन खोज्दै रुन्छ कोही
भेट नहुँदै छ मिलन कहीँ

के भनूँ, कसरी म बाँचेको छु
यहाँ छ मुटु, छ धड्कन कहीँ

छ बाँसुरीको धून नमिठो
भेटिनँ नौलो गुञ्जन कहीँ

नदिऔँ कुनै नाउँ यो सम्बन्धलाई
नल्याओस् यसले रोदन कहीँ

जलिरहेछ हरपल यो दिल
तर मलम कहीँ छ, जलन कहीँ

यता खसेकोछ चट्याङ मात्रै
कहीँ छ बर्सात्‌, गर्जन कहीँ

फरक हुन्छ प्रेमको प्राप्ति पनि
खुशी कहीँ, सजल नयन कहीँ

जीवनभरी छ दुःखको कुहिरो
कहीँ छ पातलो त सघन कहीँ

थोरै उज्यालोको चाह मेरो
यता पर्‍यो छाया, किरन कहीँ

सदियौँदेखि उही रीत प्रेमको
छन् मीरा कहीँ, त मोहन कहीँ

आफ्नाहरूको भीडमा मैले
कहीँ मित्र भेटेँ, दुश्मन कहीँ

यस्तै रहेछ संसारको नियम
न छ चैन कतै, न अमन कहीँ