भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फुर्ती किन लगाउँछ / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:44, 17 जुलाई 2024 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जब तिम्रो यादको घनघोर बादल छाउँछ
मनको आकाशमा कुनै सौदामिनी लहराउँछ
 
फेरिदियो तिम्रो प्यारले अनुहार नै मेरो
हिजोआज ऐना हेर्दा, तिम्रो मुहार मुस्कुराउँछ
 
विस्मित छु हिजोआज म आफ्नै दृष्टि देखी
हरेक दृष्यमा तिम्रै तसवीर सगबगाउँछ
 
संसारभरको दु:ख बोकेर बाँचूँ एक्लै कसरी
मेरो जीवन मैसँग हिड्न हिच्किचाउँछ
 
घमण्डी भो' जिन्दगी यो, छोडिदिएँ साथ मैले
हेरूँ यो एक्लै जान्छ, वा फेरि मलाई बोलाउँछ
 
पानीको फोकाजस्तै क्षणभङ्गुर छ, सुमन !
तै पनि जिन्दगी यो फुर्ती किन लगाउँछ ?