भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मनको बगैँचामा / सानु शर्मा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:28, 11 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)
मनको बगैँचामा बाढी पसेको धेरै भैसक्यो
तिमीले बचनको छुरा धसेको धेरै भैसक्यो
चोट दिनेहरूनै मल्हम लिएर आएका छन्
मेरा घाउहरूमा खाटा बसेको धेरै भैसक्यो
छोडिदेऊ फूल, बसन्त, जूनको कुरा गर्न
जिन्दगीका भोगाइले डसेको धेरै भैसक्यो
तर्साउन नखोज् ए मेध, यसरी गडगडाएर
मेरा सामु चट्याङ खसेको धेरै भैसक्यो
अझै परीक्षा बाँकी भए लिए हुन्छ, हे दैव !
मैले नडराउन कम्मर कसेको धेरै भैसक्यो
सपना देखाई अल्झाउन नखोज् मलाई, सानु !
मेरो मन तेरा कुरामा फसेको धेरै भैसक्यो