Last modified on 14 अगस्त 2024, at 23:38

शीतल उष्णता / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:38, 14 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

म सोच्थेँ
मनको पछिपछि हिँड्ने
एउटा मै मात्र छु ।

तर बिना स्वार्थ मन जोडेर
पर्वाह गर्ने
तिमी पनि त
मभन्दा के कम रैछौ र !

जीवनका क्रुरताको तातो चिम्टाले
अनवरत डामिएर
बोधशून्य भएको मेरो मनलाई
मैनजसरी पगाल्न सक्ने
तिम्रो प्रेमको उष्णता शीतल हो
या
तिम्रो अनुरागको परागमा
लपक्कै भएर टाँसिने
मेरो मनको कठोरता कोमल ?

एउटा भ्रमजस्तै लाग्ने
सत्य हो कि सपनाजस्तो
पागलपनको पछाडि
यो मन, किन
यतिबिघ्न नाजुक हुन खोजिरहेछ !

तिम्रो साथको उष्णता मलाई
किन यति ज्यादा शीतल लागिरहेछ !
००००