भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी थियौ र त थिए / सानु शर्मा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:21, 18 अगस्त 2024 का अवतरण
तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।
निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।
धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।
ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।
थोपाथोपा आँशु खसे दुःख र खुशीका
भन ‘सानु’! कुन हो मेरो, तिम्रो हो कुन ?