भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लोलाइरहू यस्तै / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:31, 28 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=सौन...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पीरतिका मधुर धून बजाइरहू यस्तै
यो मनमा बसी प्रेमगीत गाइरहू यस्तै
 
चाहिँदैन बादलको छाया, रात चाहिँदैन
घना काला केश तिम्रा ओढाइरहू यस्तै
 
जीवनको अँध्यारोमा कठीन छ हिँड्न
पिरतीको दीप तिमी जलाइरहू यस्तै
 
मातिइरहनेछु सधैँ म तिम्रो हेराइ पिई
तिमी मेरा आँखाभित्र, लोलाइरहू यस्तै
 
डुबिरहूँ लाग्छ सधैँ, तिमीभित्र यसै गरी
एउटा-एउटा निहूँ पारी बोलाइरहू यस्तै
 
मेरो छाती तिमीलाई नै दिएको हुँ मैले
तिम्रा मनका भारहरू बिसाइरहू यस्तै

गर्ने छैन कसैले बाधा हाम्रो भेटलाई
हररात मेरा सपनामा आइरहू यस्तै

भित्र जति दुख्यो उति बढ्‍दो रैछ माया
सुमन ! उनलाई भनिदे ‘रिसाइरहू यस्तै’