भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शोभा बढाइरहेँ मैले / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:40, 28 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=सौन...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रा पाइलामा पाइला मिलाइरहेँ मैले
तिम्रो प्रेमयात्राको शोभा बढाइरहेँ मैले

आजीवन जसलाई मैले भूल्न चाहिरहेँ
उसैलाई सम्झिसम्झी मन दुखाइरहेँ मैले

तिम्रा आँखा खोज्दै थिए पीरतीका बातहरू
नचाहेका मनका दुःख सुनाइरहेँ मैले

सम्झनामा रात-दिन मेरो उही आइरह्यो
जसको यादलाई दिन-रात मेटाइरहेँ मैले

हरेक हार पश्चात् लडेँ नयाँ युद्ध अर्को
यसै गरी जिन्दगीलाई ब्यूँताइरहेँ मैले

बाँच्दिनँ भनी घुर्क्याइरह्यो जीवनले बारम्बार
अनेक सपना देखाएर फकाइरहेँ मैले

पीरतीको घाउजस्तै सधैँभरी दुखिरह्यो
जीवन भनी जसलाई बँचाइरहेँ मैले

सल्काउँदै निभाउँदै गर्‍यो जसले, सुमन !
उसकै अदालतमा मुटु बुझाइरहेँ मैले