पुरुष तीन रूप : मेरो दृष्टि / कुन्दन शर्मा
१.तिमी प्रेमी
माया गर्दागर्दै पनि छाड्नुपरेको
सम्कँदासम्झदै बिर्सनुपरेको
तिमी मनमा कतै लुकिराख्छौ
कहिलेकाहीं एक्लै बस्दा
तिमीलाई फेरि सम्मँदा
तिमीलाई यो मनमा भेट्छु
तिमी फन्फन् राम्रो लाग्छौ
तिमीलाई झन्झन् मन पराउँछु ।
सोच्छु,
तिमी पति भएको भए
तिम्रो सम्झना
के यति नै सुखद हुने थियो ?
पाएका कुरा आफ्ना हुन्छन्,
नपाएका कुरा जहिले पनि श्रेष्ठ लाग्छन्
हैन त ?
तिमी मेरो कल्पना
आफूमा हुर्काउँछु तिमीलाई
आफूले नपाएका सबै कुरा
खोजीखोजी सजाउँछु तिमीलाई
अनि तिमी किन राम्रो हुँदैनौ त ?
२. तिमी पति
माया लाग्दालाग्दै पनि
कहिलेकाहीं मन नपरेको
कति कर्को लागेको
कति रिस उठेको
छाडेर पनि त्यसै जान नसक्ने
कतिफेरा गएँ
कतिफेरा आएँ
अब त खालि जाने घुर्की मात्र छ
त्यसमा
कताकता तिम्रो रोक्ने बाटो छ ।
कताकता मेरो फर्कने निहुँ छ ।
तिमीले र मैले
जीवनको संयुक्त खाता खोलेका रहेछौं
तिमी नभए यो नचल्ने
म नभए यो नखुल्ने !
यो कस्तो विडम्बना ?
तिमी कुनै नछुट्ने लत त हैनौ ?
तिम्रो अब मलाई बानी परिसक्यो ।
तिमी मेरो यथार्थ भागेर जाऊँ कहाँ ?
तिमी मेरो जीवन भइसक्यौ ।
३. तिमी पिता
सन्तान जन्माएपछि
तिमी तृप्त हुन्छौ
मेरो एउटा चौटा पाएर
तिमी ढुक्क पछौँ
सके सोच्छौ, म अब भाग्न सक्दिनँ
मेरो अंश तिमीकहाँ छाडेर
कतै जान सक्दिनँ- बाँच्न सक्दिनँ ।
सन्तान पाएपछि
मेरो माया बाँडिन्छ
काम गर्दा, यसलाई हुर्काउँदा
त्यो तिम्रो सन्तान हैन, मेरो मानिन्छ ।
तिमी कताकता टुहुरो हुन्छौ
कताकता सधैं निहुँ खोज्छौ
कताकता सधैं ठुस्केका हुन्छौ
र हेदहिर्दै,
तिमी मेरो सन्तानभन्दा झन् सानो
मेरो अर्को सन्तानकै भइदिन्छौ
के तिमीले ममा
आफ्नी आमा त फेरि खोजेका हैनौ ?