भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँशुको समुद्र / मौन आवाज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:54, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आखिर बगेर गएछ
आँखाबाट आँशु !
रहला - बस्ला - नबग्ला भन्ठानेको थिएँ - आँखाको आँशु -
आखिर बगी गएछ !

आँशु
रगत झैं जम्ला - इतिहासको एउटा कुनामा भन्ठानेको थिएँ
जमेनछ !

आँशु
हिउँ झैं जम्ला - अन्कण्टार एउटा पहरामा भन्ठानेको थिएँ
जमेनछ ।

आँशु
मध्यरातको जूनको प्रकाशमा जम्ला भन्ठानेको थिएँ
जमेनछ ।

आँशु
बिहानीको शीतमा जम्ला भन्ठानेको थिएँ
जमेनछ ।

आँशु
यादहरूको पोखरीमा जम्ला भन्ठानेको थिएँ
जमेनछ !

आँशु
प्रेमीहरूको कोमल हृदयमा जम्ला भन्ठानेको थिएँ
जमेनछ !

आँशु
चिसो माटोमा जम्ला भन्ठानेको थिएँ
आँशु
जीवनको बीच बाटोमा जम्ला भन्ठानेको थिएँ
जमेनछ !

आँशु
कतै जमेनछ !

आँशु
जम्ला भन्ठानेको थिएँ - सम्बन्ध झैं टुक्रिएका बरफका टुक्राहरूमा
तर / जमेनछ !

आखिर बगेर गएछ
आँखाबाट आँशु !

आँशु
आँखा मै जम्ला - रोकिएला - सकिएला भन्ठानेको थिएँ
आखिर बगी गएछ !

आँशु बगेर एकदिन मरुभूमिमा सुक्ला भन्ठानेको थिएँ

आँशु त समुद्र भएछ !

०००