भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वार्द्धक्यलाई स्वागत / राजेन्द्र भण्डारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:27, 11 जनवरी 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र भण्डारी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कति भत्काएँ होला तिमीलाई।
कति चर्काएँ होला।

तर पनि
यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा
धन्यवाद तिमीलाई

ए! शरीर।
चश्माको बढेको अङ्क,
चढेको रक्तचाप,
पिँडुलाको थकान,
दुईचार बिमार


अधकल्चो जीवन ज्ञान।

यिनै त हुन् मेरो घरभाडाका रसिद।
जोगाएर राखेकै छु।

अब त
घर सफा नगरी भा’छैन।
मिल्काउनु छ

पुराना कागजात/चिट्ठीपत्र/डायरी।
थोत्रा लुगा,
नखाएका दबाई,
सड्न लागेका सपना,
विचारको जङ्गल।

र केही अटेरी इच्छाहरू।