भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विम्ब / अबीर खालिङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:45, 11 जनवरी 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अबीर खालिङ |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अक्षरको कालोपन व्यवहारमा बोकेर
वेईमानीसँग हिंडिरहन्छ
विश्वास…

वेवास्तासंग विचारको बस्तीमा ।

मानिसहरू
शंकाको दीयो जलाएर
विश्वास खोजिरहन्छन सधैंको अँध्यारो मनहरूमा ।

चराले गाएपछि विद्रोहको गान
हावाले फेरेपछि अशान्तिको श्वास…
विश्वासका पातहरू झर्छन ।

तूहिसके विश्वासहरू…

सपनाहीन घरको ।

फूलको / नानीहरूका / चराको / खोलाको / आकाशको ।

विश्वासहीन बाटाहरू कति षडयन्त्र रच्छन ।

आकाशको नांगो आंङबाट
चुहिरहन्छ – घामको पीप /

श्रापित बाँच्नुको पसारोमय स्थितिमा दुर्गन्ध फैलिन्छ ।

हत्केलाले अनुहार छोपेर
कुदिरहेछन सबै
आफैलाई खोज्ने उपक्रममा ।

डढेलो लागेको छ विश्वासको जंगलमा

दमकल खोज्नेहरू पनि
त्यहीं बनवास पसेका छन ।