भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँसु / श्रवण मुकारुङ
Kavita Kosh से
आँसु नआउँदै-
तस्बिर आउँछ
आँसु पलाउँदा-
सम्झना झाँगिन्छ/क्षितिज धमिलिन्छ
आँसु झर्दा-
आँखामा खस्छ/बालक चल्मलाउँछ
आँसु पुछ्दा-
चुरा बज्छ/आँखामै खरानी पस्छ
आँसु सुक्दा-
उज्यालो हुन्छ/दैलो उघ्रिन्छ
यसरी आँसु बाहिरियो भने त ठीकै छ
भित्रै रहिरह्यो भने के-के हुन्छ/के-के हुन्छ
आँसु सम्हाले त मन हुन्छ
नसके रुमाल हुन्छ
भन ए परदेशी!
तिमीले पसिना पुछ्ने रुमाल
सपनामा फूल हुन्छ?