भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आजकल / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साँच्ची नै अमर दाइ, तिमीले भनेको जस्तो भयो
यो जिन्दगीको के कुरा
तिम्रा ताराहरू, तिम्रा फूलहरू, तिम्रा फलहरू
सबै त बिर्सनु हुँदोरहेछ
सम्िझनु चाहिँ के सोच्दैछु
आजकल मेरा आँखाबाट
आजकल होइन रगत बग्दछ
आजकल मेरा औँलाबाट
एउटा युधिष्टिर बग्दछ
आजकल मेरो छात्तीबाट
एउटा अर्जुन बग्दछु
ऋाजकल मेरो शिरमा
एउटा विराट स्वरूप
कृष्ण बज्दैछ
मुरलीधारी वंशी विहारी
वृन्दा संसारी
आजकल आजकल
आजकल म
सोच्दैछु मान्छेको धरातल
पहेँलो केही देखिए भने
म ईश्वर भन्दिनँ
त्यो त हारिसकेको मान्छे
त्यसले के गर्यो हामीलाई
जिन्दगीको सुन्दर पक्ष
हामीले दाज्यौँ
हामीले अरूलाई नै
त्यो पहेँलोले के गर्यो
बिजुली खम्बा
कि बाटो
कि एउटा मरेको रुख
म आजकल
आगोहरूलाई पनि त्यसरी हेर्दैछु
आँधीहरूलाई पनि त्यसरी हेर्दैछु।