भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज मेरी मायासँग / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आज मेरी मायासँग मेरो भेटघाट
डाढ लाग्ला जून–तारा ! नहेर्नू है आज

नहेरे झैँ लजाएका उसका ओठ हेरूँला
मीठामीठा छटपटीका चालसँगै खेलूँला
सुनिरहूँला मौनताका भाकाहरू छन् जति
मिचिदिउँला सङ्कोचका साँधहरू सुस्तरी

सरमले उसले आफ्नो आँखा छोपिरही भने
छोपिदिउँला छातीभित्र नछोएरै मै पनि
शब्दहरू बाधा भए इशारामै बोलूँला
मिलीजुली जिन्दगीका झ्याल–ढोका खोलूँला !