हिंसाहारी ब्रह्मा जोछन् षोज गरदै नन्॥
चारवेद परे पनी पार तरदैनन्॥
छेदन्ने हिंसाहारी राक्षेसी कर्म॥
छेदन्ने भयो भन्या क्या रह्यो धर्म॥५१॥
पसुघाति जति छन् ब्रह्माका जाती॥
गुहेलाका फुल विलाउनिका पाती॥
ब्रह्मा हुँ भन्न्या ब्रह्म नचिन्न्या॥
बैलि बाख्री कताछन् षसि षोजी किन्न्या॥५२॥
छेदन्ने धागडको पकाइ हालुं रक्ती॥
तेस्तै कन भन्नु यमराजको भक्ती॥
प्रातै उठी समाधी पसुघात पूजा॥
वैइकुन्ट जान लाग्या आधाबाटो कूजा॥५३॥
भासामा बाष्री छन् धोतिपाटा फेर्छन्॥
सुझन बुझ उसै वकवात गर्छन्॥
तेस्वो होइन मुनिहो विन्ती लागोस मेरो॥
मिलि जुलि काटौं चौरासीको फेरो॥५४॥
निन्दा गर्यो भनौला चेतन्ने दियाको॥
सतगुरू कृपाले अम्रित पियाको॥
अम्रित रस छोडि विष रस षान्छन्॥
सहजमा तिनै नर्कान्तमा जान्छन्॥५५॥
धन्ने दया गुरूको कृपा भनी जान॥
अम्रितै हो घन्न्या निश्चये मान॥
जानी जानी आफै नर्क तलाउ जान्छन्॥
सुझन बुझ भक्ति जनलाई भन्छन्।५६॥
भक्तिजनको दर्सन पाउनुछ काँहाँ॥
कल्याहा र क्रोधीछन् कलीयुग माँहाँ॥
भाग्गे होला ज जस्कों दरिसन पाउला॥
अधि लागे भक्तिजन पछि पछि आउला॥५७॥
तुलसी र वेदको जो निन्दा गर्छ॥
ब्रह्मलोक छोडि जेमलोक सर्छ॥
ब्रह्मबोलाबाट धेर निन्दा भयो॥
पापीको अर्जिली भक्तिजन गयो॥५८॥
हजुरमा भक्तिजन्ले अर्जि चढाउँछन्॥
नर्क तलाउमा बाँधी लडाउँछन्॥
नर्क तलाउदेषी थलो फेरदैनन्॥
भक्ति निन्दा गर्नेको निसाप हेर्दैनन्॥६९॥
चेतराष मनमा निन्दा छाडि देउ॥
मिलाप गरिबस तिन भक्ति छेउ॥
धनीबाट ताला कुची मेहेर भई पायो॥
संसार चेताउन भक्तिजन आयो ॥६०॥