एउटा अनुभव / लता राजशेखर / सुमन पोखरेल
मेरा वरिपरि तसबीरहरू छन्
पारदर्शी र चलायमान तसबीरहरू
र कति शान्त छन् ती सबै !
यी सबै मौन छन
समुद्रको झैँ स्वर्गीय शन्तपन ।
समुद्री गहिराइमा
हामीले जोड्यौँ, पृथ्वीलाई,
आकाश र म।
यहाँनिर यो सपनाजस्तै लाग्छ
चारैतिर मधुरो प्रकाश
जूनको किरण, नगन्य लाग्छ।
यो मेरो आफ्नै छाया हो।
म बसेको माटोमा
मेरा गोडामुनिको दुबो
मलाई मेरो पहिलेको जन्मसँग जोडिदिन्छ
अस्ताउँदै गरेको सूर्यमा
मेरो पहिलेको शरीरको न्यानोपन छ ।
पृथ्वीले देखेको छ
पार गर्दै गरेको
युगौँका मेरा अनेक जीवनहरू
यतैकतै रहेको छ, ती सबैको जरा
मैले तिनलाई खोज्नुछ
मेरा पछाडि पृथ्वी छ
र आकाश फैलिएको छ अगाडि
म ती दुईको बीचमा उभिएको छु
एउटा क्षणभङ्गुर क्षण
समृतिका तरङ्गहरूले
हृदयका सीमाहरू छुन्छन्
कुनै तीखा छन, कुने भुत्ते
कहिले समात्छु तिनीहरूलाई, कहिले समात्दिनँ।
ओहो!,के म बादलहरूमा पग्लिएँ
र बादलनै भएँ गहिरो आकाशमा?
जून र घाम मेरा दृष्टी हुन्
र सम्पूर्ण ब्रह्माण्ड मेरो घर
म पृथ्वीलाई दश हजार आखाँहरूले हेर्दछु।
मेरो श्वास पश्चिमी बतास हो र शरीर अग्नि
र मेरा आशुँले पोसेडनलाई ब्यूँझाउँछ।
ओह, मुस्काउँदै गरेको पृथ्वी म मै हुँ।
आकाश मेरै गहिराइको
चेतना हो ।
यो ग्ल्यामरस क्षणभङ्गुर शरीर
वाइन भरिएको माटाको कप हो।
यी सबै प्रमाणका आधारमा
म ईश्वरसँग हुन चाहन्छु ।
के म मेरो आफ्नै प्रमाण हुँ?
म केवल मष्तिस्कबाट चलाइने चिज हुँ!
मभित्र एउटा जुलुस छ
स्थिर विम्वहरूको ।
मेरो आफ्नै छातीको आकाशमा,
त्यस चराले आफ्ना पखेटा भेट्टाएको छ।
झल्मलाइरहेको सूर्यका मुनि
त्यस ताराले आफ्नो चम्क्याइ भेट्टाएको छ।
मेरो हृदयको सबैभन्दा भित्री भागमा
जूनका किरणहरूले आफैँलाई अँगालो हालेका छन् ।
म संरक्षक हुँ, प्रलयकर्ता हैन,
म अनादी छु, कल्पनाको तरंगी हैन
“अहम् ब्रह्मास्मी”