Last modified on 7 फ़रवरी 2022, at 12:22

एक रात थियो भर्खर कै थियो / जीतेन्द्र बरदेवा

एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत
म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो
म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो
एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत

केही भन्न खोजी उ अघि सर्दथी तर बोली नै अल्झिदिन्थ्यो
केही भन्न भनी म अघि सर्दथे मेरो बोली नै अल्झिदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जाँदा मन नमान्दै बिछोडीन्थ्यौ
एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत

उ मेरै थिई म उसकै थिए यो संसार नै अर्को थियो
प्राण धड्कन्थ्यो मन चञ्चल थियो हर सुस्केरा कम्पित थियो