Last modified on 1 जून 2017, at 17:21

किन आउँछौ सपनामा आफन्त झैँ बनी / निमेष निखिल

किन आउँछौ सपनामा आफन्त झैँ बनी
किन लान्छौ मेरा सबै खुसी छानीछानी
 
तिमी मात्रै बसेका छौ मेरो मुटुभरि
निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी
कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी
किन लान्छौ मेरा सबै खुसी छानीछानी
 
आएकी छु त्यो मुटुमा बास माग्न आज
यो शिरमा राखिदेऊ पिरतीको ताज
कति गर्छौ जिन्दगीमा अझै बेइमानी
किन लान्छौ मेरा सबै खुसी छानीछानी