भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कुकुरहरूले ताराहरू समाते / विमल गुरुङ
Kavita Kosh से
तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरू !
समातेछन्
कुकुरहरूले ताराका जमात ।
मेरा प्रिय ताराहरू !
तिमीहरू अझ
जोडतोडले चम्क
म पनि चम्कन्छु ।
कुकुरहरूले
ताराहरू समाते !
कुकुरहरूले
चन्द्रमाहरू समाते ! !
तर, कहाँ छौ यति सीमित ?
तर, कहाँ छौ र यति मुठ्ठीभर
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरू झोलामा हाल्न ! !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न !
कुकुरहरूले ताराहरू समाते
कुकुरहरूले
मौरीका गोलाहरू समाते ।