क्लब अफ एक्लोपन / सविता गौतम दाहाल
चुरोट पिउदिन
मदिरा, वियर, वाइन केही लिदिन्
खैनी, गुटका,रजनीगंधा खान्न
तिमीे यी संग रमाएका वेला
चुपचाप सामान्य वस्छु
र वुझछु तिमी स्थीर हुन खोज्दै छौ ।
तिमीलाई जस्तै मलाई तनाव हुदो हो
के गरुँ , कसो गरुँ हुदो हो
तिमी ठूलो साँझ
खटपटी मेटाएर ,साथीहरुसँग जमेर घर फर्कन्छौ ।
कुनै विदा हुनु हुदैन
भेटघाट वा तासमा विन्दास रमाउछौं
घरको कुनै धारा, वल्भ वा अन्य किनमेलसँग तिम्रो उति चिनजान छैन्
चेक दिन्छौ र सोच्दछौ कर्तव्य सकियो ।
कुनै साँझ एक्लै छु ,नियास्रो लाग्यो भनि सन्देश पठायो भने
उत्तर आउँछ, “एक्लोपनको आनन्द लेऊ”
कसरी ?
म सोच्थे, घोत्लिन्थे
कुरा गर्ने कोही थिएन
काम सवै सकिसकेको हुन्थें
सिरीयल दोहोराएर टी.वी.मा आइरहन्थ्यो ।
सायद चाहदौ होलाउ
विशिष्ट भेटघाटमा तिमी पिरहदा
धुवाँको आकार नियाली रहँदा
ठूला ठूला डील गरेर हात मिलाइरहँदा
म इश्वर भक्ति गरुँ
केही भजन वा आधुनिक गीत सुनुँ
वा फिल्म हेर्दै निदाऊँ ।
दशकौं भएछ,
क्लब अफ एक्लोपन जान थालेको
थाहै नपाइ त्यहाँ
सबै मेरो निकै नजिक भइसकेछन
एक्लो छदाँ अचेल रमाउछु ।
हिजो मजस्तै,
क्लब अफ एक्लोपनकी एउटी सदस्यले आत्महत्या गरीछन्
प्रिय !
म तर्सीएकी छु
तिमीसंग अझै हाँस्न चाहान्छु
पूरा पूरा वाँच्न चाहान्छु
कृपया ,
क्लव अफ एक्लोपनमा
मेरो कार्डको यसपल्ट नवीकरण नगर है !