क्षितिजमा आऊ / सविता गौतम दाहाल
न वोलाउन सक्छु तिमीलाई पृथ्वी
न छुन सक्छु आफू आकाश
झर्को लाउने कुनै परिचितझैं
मपनि त हुन सक्छु तिम्रा लागि
सोचेर अडिएँ कैयौं पटक
कसैगरि थाम्न सकिन
साँढे मनलाई तातो त्रिशुल
डाम्न पनि सकिन
मभित्र सानो अश्रुकुण्ड छ
शुद्धिकरणका थोपाहरू लिएर
क्षितिजमा आऊ,
मपनि त्यही“ आउँछु
बादलमाथि वसेर, मनको भाव साटौंला ।
न आङ्खना आङ्खना सृष्टि छोड्न सक्छौं
न आङ्खनाहरूको दृष्टि दुखाउन सक्छौं
चाहनाहरू कुनै सल्लाह नै नगरी
यात्रा थाल्छन् सगरमाथा चढ्ने
दुखाएर भित्रभित्र
बाहिर थाहा नपाएझैं गर्छन्
भेट्नु जीवनको मुस्कान
बोल्नू अमृतवर्षा
म हाँसेर बाँच्न चाहन्छु
अनुकूल मिलाएर
प्रतिदिन एक पलका लागि
सुटुक्क, क्षितिजमा आऊ
बादल हेर्दै ,मनको वह पोखौंला ।
मनको तार उस्तै उस्तै
रंग, रूप आकार उस्तै
ठान्छु म आकाश धर्ती जस्तै
अनिर्णयका क्षणहरूमा
तिम्रो उपस्थितिको प्रकाश लिएर
क्षितिजमा आऊ ।
सुनेथे भोक निद्रा हराउँछ
हरायो शोक सुर्ता
जब यो मनले तिम्रो कोमल साथ पायो
न माग्छु म कुनै वाचा
न दशरथझैं टाँचा लाउँछु
केवल मनभित्र आत्मीय नाता
ससम्मान राख्छु
स्वच्छु जलवायु शीतल वहेर
क्षितिजमा आऊ
बादलको छेउ बसेर, मनको भाव साटौंला ।