भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू ७ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वन डढेको सबैले देख्छन्
मन डढेको देखे पो !

जेठको डढेलोले गाउँ डढेपछि ।

झ्याँउकीरि कराउँछ र मन डढाउँछ,
मनलाई बाँध्ने बाँध हुँदैन नदी जस्तो
रात बिरात गाउँलाई बिथोल्ने
बिखालु दुश्मन पसेजस्तो !
आखिर को को हुन सक्छन्
गाउँका दुश्मन ?
गाउँलाई सुविस्ता हुँदैन सधैँ !