भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
घामको खरानी / युलिया घेरगेई / सुमन पोखरेल
Kavita Kosh से
मेरो अर्कोपट्टी भेट्टाएँ
आफूलाई एकदिन मैले ।
सुम्सुम्याइरहेथ्यो मलाई घामले,
मेरो अनुहारभरि बेफिक्री हाँस्दै
नुहाइदिँदै थिए किरणहरू मलाई ।
मेरो अर्कोपट्टि
आफैँलाई तप्पतप्प अलकत्राझैँ चुहाउँदै
रोइरहेथ्यो एउटा छाया,
त्यसपछि अन्त्य भयो प्रहसन ।
सबै जलेर सकियो,
अहिले रातो रङ्गमा आफ्नो चोट चिच्याइरहेछ मेरो छाला ।
मेरो अर्कोपट्टि मात्र
भेट्टाएँ मैले घामलाई ।
घाम मेरो अर्को भाग हो
मेरो अभ्यन्तर पनि हो घाम ।
मेरो देहबाहिर
मेरो देहभित्र
छ घामकै खरानी ।