भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चरो / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल
Kavita Kosh से
					
										
					
					चरो आफ्ना पखेटामा
घाम लिएर आउँछ 
हरेक बिहान । 
चुच्चाभरिको दानाको लोभमा
आउँदैन चरो । 
चरो आऊँछ,
घरको छतमा जमेको
पानीमा नुहाउँछ,
र छोडेर जान्छ 
थुप्रै सुखहरू । 
चराले जे गर्छ हरेक दिन
त्यो कति कठीन छ
हाम्रा लागि ।
	
	