भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनोत्सव / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हे प्रियतम मानवगण
आज मेरो जीवनको देवतावरण
आऊ अब तिम्रा राख नि-चरण
सुशोभित गरेर मेरो निबिड कुञ्ज ।
चाहिएन मलाई केही उपहार
खालि रित्तो हात भाऊ एक बार
भूलिसकिकन जति थियो रे जीवन विकार
रमाऊ झिलिमिलि आकाशमा जसरी तारकापुञ्ज ।
आज होम-गन्ध, सामवेद-मन्त्र
दिन्छु हाली मेरो दैव वेदीतल
पारिजात पुष्प अमृत-सिक्त
दिन्छु थापी रंगाए र हृदयरक्तसित ।
अहँ-प्राज भयो मेरो जीवनको उत्सव-घोषणा-
पुतलीले उडाउँछ रंगीन पताका
भ्रमर-गुञ्जन बनाउँछ वीणा
आयो अब झ्याउँकिरीको लामो एकतारा ।
सुन अब बज्यो त्यो निःशब्द मृदंग
धानको बालामा सलहको हरीया ढंग
विजनको सुरमा सल्लाको बाँसुरी
रोकी रोकी सुरीलो ती सबसंग ।
चम्पाको गालामाथि यौवन-पाला टिटिम् रहेछ बली
वनभूमिमाथि कति संख्याहीन जुनकिरीले
मनाउँछन् मेरो जीवन-दिवाली
मौरीजतिहरूले जीवनाण्ड गरेर पूर्ण दिन्छन् मधु हाली
आऊ अब सबैले वनभूमिबाट यो टिपौं है हाँसीको मोती
है-हाँसीको मोती ।
मेरो देवतालाई वरणवेलामा
मेरो जीवनको उत्सवक्षणमा
रित्तो भई तिमी आए तापनि
दिन्छु म हाँसीको मोती ।
तिम्रो पालोमा मलाई दिएको थियौं तापनि
आँशुका झरी कति नि कति !
................................................
सुस्केरा, १।१, माघ २०१०