भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जूनका किरणहरूले / किरण खरेल
Kavita Kosh से
जूनका किरणहरूले प्रेमपत्र लेख्दैछु म
फूलका कलिला पातमा खोजिदिनू है यसलाई
भोली सबेर तिमीले खोलिदिनू है यसलाई
धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उषा खुलेन
ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ती आँखामा मेरो तस्बीर भन छैन कि खुलेको
जूनका किरणहरूले प्रेमपत्र लेख्दैछु म
चिठ्ठी पठाउँछु भन्थ्यौ चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आइनौ
ए हजुर म बाँच्न सक्दिनँ
तिम्रो चिठ्ठी नपाए
म बोल्ने छैन पक्कै भोलि सपनामा नआए
जूनका किरणहरूले प्रेमपत्र लेख्दैछु म