Last modified on 20 अगस्त 2020, at 17:18

जेलबाट चिठ्ठी / नाजिम हिकमत / सुमन पोखरेल

मैले तिमीलाई पहिलोपल्ट देख्दा जुन लुगा लगाएकी थियौ
ती लुगाहरू झिक,
देखिन सक्ने जति राम्री देखिऊ
वासन्ती रुखजस्तै झरिझट्ट सिँगारिऊ
मैले जेलबाट चिठीसँगै पठाइदिएका गहना सिउर आफ्ना केशमा
उठाऊ, चुम्बन गरूँ लाग्ने, तिम्रो फराकिलो निधार।
दुखी नहोऊ,
निराश नहोऊ आज।
 
अहँ पटक्कै निराश नहोऊ!
आज नाजिम हिकमतकी स्त्रीले सुन्दर हुनैपर्छ
विद्रोही झण्डाजस्तै।