भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जे थियो मेरो / सुमन पोखरेल
Kavita Kosh से
					
										
					
					 
जे थियो मेरो सबै प्रीत पानी भो' 
सबै नाता बिराना मेरो रगत पानी भो' 
बगेको आँखाबाट आँसु थियो वा व्यथा त्यो 
बाँचेको पल मैले जीवन थियो वा कथा त्यो 
मलाई बिर्स्यो अतीतले मेरो विगत पानी भो' 
सबै नाता बिराना मेरो रगत पानी भो' 
तृष्णा हो मेरो यो, या कुण्ठित माया हो 
विरह हो यो मुटु, या साँच्चै माया हो 
रहरहरू मरिगए मेरो आगत पानी भो' 
सबै नाता बिराना मेरो रगत पानी भो' 
	
	