भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ठण्डा बन्दी सूर्य / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्रमश:
खोपडी साटफेर खेलाउँदै
रोबोटको कालो प्रदेशमा स्थगित राखेर
महत्वाकांक्षा बोकेर,
बिश्वसनीय अभियानको शुरुवात थाल्ने
निसंकोच ट्युबमा अवतार जन्माउन सक्छ !
हिटलर, नेपोलियन र मुसोलोनी मस्तिष्कहरु !!
तर,
आइसबकसमा तीब्र यन्त्रणाहरुको
नदीको प्रवाह घँचेट्न खोज्दै उल्टो
बन्दीको नाता जोड्दा सूर्यमा
अनुदित ठण्डा गर्भधारण बगेको छ ।।?!
धरान ।