भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी जुन रहरले / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?
व्यर्थै तिमीले मेरो हात समायौ

बैँसालु तिम्रा ती रहरहरूमा
न मैले कहिल्यै हरियाली कोरेँ
राताम्य तिम्रा ती अधरहरूमा
न मैले कहिल्यै खुसियाली पोतेँ
र, सायद रिसायौ तिमी भित्रभित्रै
न भित्री तिम्रा खुल्दुली सोधेँ

रुझे हुन् ती तिम्रा पलक र आँखा
मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा
मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई
जो शून्यतामा बिलाए मजस्तै