भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - ३०) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मन्दिरको स्तूपको टुप्पोमा
मेरो मन उभियो
तिमीलाई मनान्तरमा राखेर
मेरो मन उभियो ।

थाहै नपाई धकेल्यौ तिमीले
र रसातलमा
अफालिएको तिम्रो स्वरूप
छरपस्टिएका तिम्रा प्रतिरूप
सँगाल्न सक्तिनँ
समेट्नु पनि हुन्न ।

असहाय दृष्टिभित्र पनि
कुटिल तिम्रो पीडा देखेर
आहत छु म ।

कस्तो अन्त:रूप तिम्रो ?