भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रा गोडा / पाब्लो नेरूदा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो अनुहारमा हेर्न नसक्दा

तिम्रा गोडा हेर्ने गर्छु।

कलात्मक अस्थिहरूले बनेका तिम्रा गोडा,
तिम्रा दह्रा साना गोडा।
सहारा दिन्छन्‌ तिनले तिमीलाई
र तिनैमाथि अडिन्छ
तिम्रो सुन्दर शरिरको भार।
तिम्रो कम्मर र तिम्रा स्तनहरू,
तिम्रा एक जोर बैजनी थूनहरू,
भर्खरै उडेर गएका तिम्रा आँखाका खोपा,
तिम्रो चौडा मुख,
राता धागाले बाँधेको तिम्रो केशराशी,
मेरो चिटिक्कको सानो स्तम्भ।

तर तिम्रा गोडा मनपराउँछु म
केवल एउटै कारणले-
धर्तीभरि कताकता हिँडिरहे
आँधी र पानीमा भौँतारिइरहे तिनीहरू
मलाई नभेटुन्जेल।