भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो आँखा राम्रो लाग्यो / श्रीपुरुष ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रो आँखा राम्रो लाग्यो
राम्रो भन्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?
 
तिमीलाई भेटेपछि
सधैँ भेटौँ भेटौँ लाग्थ्यो
तिमीलाई भन्न खोज्थेँ
कुन्नि किन डर लाग्थ्यो
 
तिम्रो ओठ राम्रो लाग्यो
लोभ गर्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?
 
तिमी हिँड्ने बाटो खोजी
त्यतै त्यतै हिँडौ लाग्थ्यो
साथीसङ्गी सबैसँग तिम्रै
कुरा गरौँ लाग्थ्यो
 
तिम्रो रूप राम्रो लाग्यो
मन पराउनु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?