भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो माया कागजको / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो माया कागजको रङ्गीचङ्गी फूलजस्तो
तिम्रो बाचा साउनको भेल भन्दा पनि सस्तो
अबदेखि मरिमेटी तिम्रो पछि लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिम्रो साथ नपाउँदैमा नसक्ने त हैन बाँच्न
तिमीले आँसु नपुछ्दैमा नसक्ने त हैन हाँस्न
एक थोपा आँसु हो फेरि बह्यो के भो र ?
एकैछिन्‌को सपना धोखा भो त के भो र ?
अबदेखि मरिमेटी तिम्रो पछि लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन

तिमी आउने बाटोबाट हिँड्न पनि छोडिदिउँला
आँखा जुधी ठेस लागे पाउ अन्तै मोडिदिउँला
खोजी आउन जान्नेले छोड्न पनि जान्दछ
सम्झी रुन जान्नेले बिर्सी हाँस्न जान्दछ
अबदेखि मरिमेटी तिम्रो पछि लाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन