भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पहिरो छ / सुमन पोखरेल
Kavita Kosh से
त्यसै पनि अभिशप्त
यी क्षणहरू
अभिशस्त विश्वास र भावना ।
छातीभरि खहरेजस्ता आश्रयहरू ।
किन यहाँ
नदीहरू नदी भएर बग्न पाउँदैनन् ?
किन यहाँ
हिउँहरू सकिने गरी पग्लन पाउँदैनन् ?
यो चिसो
सतहको मात्र छैन
गहिरो मात्र छैन,
गहिरो गहिरो गहिरो छ;
जिन्दगी
हर क्षण
जताततै
पहिरो पहिरो पहिरो छ ।