भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बारुद र सेतो परेवा / हरिभक्त कटुवाल
Kavita Kosh से
हामीले उत्साहले उडाएको सेतो परेवा
धर्मराउँदै सवच्छ धरातलमा
बारुद-बारुद गनाउँछन् उसका पखेटा
बारुद-बारुद गनाउँछन् उसको खास
उसका प्वाँख समर्थ छैनन् पन्साउन बारुदको गन्ध
उसको उडान समर्थ छैन पन्साउन सीमा-सीमाको द्वन्द्व
आफैँ गति बिर्सन्छ बारुदमा रुमल्लिएर
आफैँ रन्थनिन्छ ऊ बारुदमा निसास्सिएर
र पछारिन्छ धरातलमा अलपत्र परेर
पसारिन्छ हाम्रो विश्वलाई -
अलपत्र पारेर ।