Last modified on 6 जनवरी 2017, at 10:15

भन लौ तिमी नढाँटी / म. वी. वि. शाह

भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल

ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

तिमी जान हौ यौ जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल