भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
भाँचिएको मन आज फेरि / सुवासचन्द्र ढुङ्गेल
Kavita Kosh से
भाँचिएको मन आज फेरि भाँचिएछ
आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ
ढुङ्गा जस्तो मुटु बोक्ने मान्छेहरूमाझ
धेरै वर्ष काँचजस्तो जीवन बाँचिएछ
समयले रहरको चङ्गा काटिँदिँदा
आँसुले हत्केला धोई भाग्य जाँचिएछ
आफ्ना कोही देखिएनन् आफन्तका भीडमा
व्यर्थै किन छातिभरि माया साँचिएछ