Last modified on 26 जनवरी 2022, at 11:15

भोटको लडाइँको सवाई (१-३) / लालबहादुर आउँमासी

सुन सुन पाँच हो! म केही भन्छु ।
अगम संङ्ग्रामको सवाई कहन्छु ॥
सबै कुरा छाडी येक कुरा भन्छु ।
भोटमा भयेको लडाइँ कहन्छु ॥१॥

रनप्रिया लेटर कुतितिर गयो।
सबैलाई भन्नु तिनैलाई भयो ॥
कलिमा कालो मैलो कुतिया थियो।
रनप्रिया लेटरले जिउ पनि दियो ॥२॥

मन्त्री बिनु लडाइँ बिग्रन गयो।
सिपाहीको बरकत्‌ उसै खेर गयो ॥
अघिदेखि भोटेले भन्दै पनि थियो।
सन्सरबारका दिन राहदानी लियो ॥३॥