मलाई ढाक्ने मेरो आकाश मैले टेक्ने धर्ती
सबैतिर शून्य देख्छु सबै हुन्छ पर्ती
मैले मलम लगाउँदा घाउ बल्झिदिन्छ
पीर-बाधा फुकाउँछु कदम अल्झिदिन्छ
भागिजान्छ उही टाढा जसलाई आफ्नो ठान्छु
उही हुन्छ ढुङ्गा जसलाई मनले देव मान्छु
माया राखी फूल छुँदा काँढा बिझदिन्छ
पोखिएर मनको पीडा गह भिजिदिन्छ
जूनको साथ खोजी हेर्छु जूनै रुन्छ राति
जति नजिक पुग्छु उति टाढिइजान्छन् साथी
•