भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मारे पाप, पाले पुण्य / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हिस्सी परेको सुन्दर मेरो देश
नीडर,साहसी कालापानी
विविधता सजिएको हावापानी,
यहाँका रुवावासी, लेकबेशीं
सवै मेरा आफ्ना ।

यो देश विरामी, भाँडिएको
भ्रष्टसँग लहसिएको
चोक चोक भत्कीएको,विग्रीएको,चोइटिएको
कतै उम्लीन्छ ,कतै पोखिन्छ
पानी फोका दुखेको देख्छु
छटपटाउछु सँगसगै ।

खाडी घामले तानेन
चरम विकसित अमेरीका
क्यानेडाको चरम चिसो केही चाहिएन
बहादुर भनेर गरिएको तिरष्कार मन पदैन्
साह्रै ढीट छु
कोमल देशसँग प्रेममा छु
इलामे चियावारी मन बसेको ।

म पोलेको घाउ, धिउकुमारी लगाइदिएर व्युँताउछु
जडी वुटीको, पे्रमको पवित्र ताकत
थाहा छ मलाई ।

सेवा सार्थकता नाइटिंगेल जस्तै
डकर्मीसंगै सिमेन्ट ल्याएको छु सापटी
जंगलमा वस्ने चरामा संगीत
नशामा वग्ने तरल
जीवनको उत्सर्ग ,कर्मठ हात
सफलताको ध्वजा मेरा हुन
देशसंग विनाशर्त पे्रम गर्छु,माया गर्छु ।

कुनैदिन फर्कन्छन वाहिरीएका सारा आफन्त
मैले कसेको प्रेमको गाठोमा पाऊ राखेर
शिर उचो गर्ने छन देश पुगेर,आफ्न्त भेटेर
रगतका छीटा सवै लालुपातेमा रुपान्तरीत ।

दृढ लक्ष्य
आपसी तीतो मेटाउदै छ
सवै फेवाताल जतिकै मनमोहक
माछापुच्छे्रझै मिलेको
महाकालीझै बहेको
पे्रमको विश्वास र विजय अतिप्रिय ।

मायाको वलशाली पाखुरा फुटाउछ वेरोजगारी ढुंगा
जमाउछ गिटी र उभ्याउछ पूर्वाधार
पूर्णत पोखिएर गर्छु देश सिंचन ।

म भन्नु, हिस्सी परेको सुन्दर मेरो देश
माया गर्छु देशलाई
मेरो परिवेशलाई
मारे पाप , पाले पुण्य
म भए मेरो देशलाइ ।