म संग रास्ट्रियता छैन / नीलम कार्की निहारिका
म संगबाट रास्ट्रियता हराएकोछ
यसर्थ मेरो जन्म भुमिको संदर्भममा
बोल्ने कुनै अधिकार छैन मलाई !
बृद् बिरामी जननी
रगताम्य जन्म भुमि छाडेर
पराई माटोमा पसिना बगाउन हिडेको यो यात्री
स्वयमलाई खबरदारी
प्रेम गर्ने अधिकार छैन यति बेला मेरो देश भनि
खबरदार नछो मेरा हातहरु मेरो देशको झण्डा !
त्यस्तो के बाध्यता देशै छाडी हिड्नु पर्ने ?
भएको के थियो र त्यस्तो देश को माया मार्नु पर्ने ?
अभाबले आत्तिएको बखत
टेबल मुनिबाट
सहयोग साटासाट गरेकै भए के जान्थ्यो ?
किन ति महान प्रस्ताबहरु स्वीकारोक्ति बिना लताईयो
उपल्ला प्रसासन आदेशमा
बिना बिरोध टिप्पणी उठाएको भए
रोजी रोटि कसले खोस्ने थियो ?
प्रदेशी हुनुको मार्ग कसले कोर्ने थियो ?
बेरोजगारी अध्यारोमा पलाएनको निरन्य र
समय परिभासित सब्दार्थ -प्रदेशिनेसंग हुदैन रास्ट्रियता
– सोहि परिभाषा टेकेर म भनी रहेछु
म संग रहेन मेरो रास्ट्रियता !
मेरो देशलाई महाबिपत परेको यो घडीमा
घाईते बोक्नु पर्ने काध
मिहि खाबो उभ्याउनु पर्ने पाखुरीको बल
भग्ना बेश पन्छाउन पर्ने हातहरु
यो भुमिमा लरीबाट मदिराका भारी बोकी रहेछु
प्रलयकारी भूकम्प २०७२ ले क्षेत विक्षत् पारेको त्यो धर्ती र मन
भूकम्प पश्चात पैरोले निसान मेटाएको मेरो रास्ट्रका गाउ
भूकम्पले ढलाएको घर
भूकम्पले मेटाएको सास्कृतिक धारोहर
घर देशमा मेरो देशको प्रधान मन्त्रिले
देउ मेरो देश पुनर्निर्माणको निम्ति भन्दै
सहयोगको निम्ति दात्रीसमक्ष् हात बढाएको बेला
प्रदेशमा मैले पनि शिरको टोपी खोलेर
डोनेसन निम्ति माग्ने हात बढाएछु
देउ मेरो देशको भोक को निम्ति भन्दै
भुसुक्क बिर्सिएछु
म रास्ट्रियता नभएको मान्छेले
प्रिय रास्ट्रबासी नाममा सहयोग याचना राखनु पनि हुदैन
आमा म फर्किउ क्यारे देश रोएको बखतको जवाफमा
आमा भन्नु हुन्छ –तिमि फर्की आए हाम्रो भत्किएको घर कसले बनाउछ ?
दिर्घ रोगी यी आमा बाको ओखती कसले गर्छ ?
भाईको बैसाखीको बन्ने छ ?
तिम्रो सन्तानको भबिस्यको जिम्मेबारी कसले उठाउछ ?
घरको नुन तेल गुजारा कसै गरि गरुला
तर तिम्रै भरमा स्कुल हिडेका भुराहरुको कलम भाचिने छ
तिमि फर्की आउने कुरा नगर बाबु
अब त भएको जमिन पनि चिरा परेको छ
हाम्रो बिछोडमा चिरिएको छाती भन्दा बेसी
म रास्ट्रियता हराएको मान्छेलाई
मेरो आमाले देश फर्कन अनुमति दिनु सक्नु हनन् !
म डलरमा बेचिएको मान्छे
-अलि कति बा आमाको ओखती र सन्तानको भबिस्य भएर बाचेको छु
-अलिकति पत्नीको साथ र भरोशा भएर
-अलिकति आफंन्तिको गाह्रो सह्रोको भर र
-पाटी पौवाको सुकुल भएर बाचेको छु
अलिकति अलकतिमा छरिएर जोडिएर बाचेको छु
र
उपरान्तका केहि समय महाभूकम्प र परकम्पनको लागि
कम बिस्राम बढी श्रम बाच्ने छु
प्रलयले ढलाएका घरको पुन निर्माण भएर हास्ने छु
यो रास्ट्रीता नभएको मान्छे लाई
देशको चासो राख्ने अधिकार छैन भन्दाभन्दै
प्रदेशमा यो अरास्ट्रीयको बिहानसुरु हुन्छ
आफनै देशको समाचारबाट
यो रास्ट्रियता हराएको यो मान्छेको
मन भर दुख्छ उही देश
बिर्सन्छु यो रास्ट्रियता हराएको यो मान्छेले
मुटुमा देश दुखेको बेला पनि ऐया भन्नु हुनन भन्छु
तर निस्किन्छ आवाज स्व स्फुर्त बाहिरै सहकर्मीले सुन्ने गरि
आसु झर्नु हुन्न भन्छु
तर बग्छ अश्रु धारा लुकी छिपी पुछ्नु पर्ने गरि
देशको कविता कोर्नु हुदै हनन् भन्छु
तर कोरिन्छ उही मानचित्र र लेखिन्छ “रो प्यारो नेपाल”
सबै सबैले देख्ने गरि
घर देश म जस्तै युवालाई
निसुल्क भिसा टिकटमा विदेश निर्तात गरिने संयन्त्रमा देश निर्माताजुटेको बखत
कामदार निर्यात गरिने सख्या हिसाबमा
म एक सख्या घटेको छु
देश निर्मातालको पैठानी सुचिमा राख्न समेत नपाएको म मान्छे
जताबाट हेर्यो राज्यको निम्ति कामै नलाग्ने म मान्छे
हो ,म रास्ट्रियता नभएको मान्छे !