एउटा रित्तो नाऊ
किनारमा फर्की आयो ।
उज्यालो खरानीझैँ
पानीमा मिसियो, बग्यो,
खुम्चिएको नदीले
बन्द ओठले कथा सुनायो,
तिर्खाएको बालुवाले
गह भिजायो ।
भिजेको अवसादले
बतास झोक्रायो
हत्केलाका रेखा कामे
र लहरझैँ हराए
मौन छाया
कतै झरेर बिलायो ।
स्वर छैन,
चित्र पनि
बगेर कतै गए
अँध्यारो हुँदै गरेको पानीमा
रात
टोलाउँदै निस्कियो ।
एउटा रित्तो नाउ
किनारमा फर्की आयो ।
...................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें