भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कृष्णभूषण बल / परिचय

86 bytes removed, 04:44, 17 जुलाई 2017
नागरिक पूर्वेलीका नियमित स्तम्भकार वरिष्ठ साहित्यकार कृष्णभूषण बलले असार ९ शनिबारको अंकमा ‘बिसौँ भनौँ सक्दिनँ’ मा कसरी कवि भएँ शीर्षकमा लेखेका थिए । सम्भवतः उनका प्रकाशित अन्तिम पंक्तिहरु यिनै थिए ।
व्यक्तिगत जीवन
नेपाल राष्ट्र बैंकको जागिर खाँदै, विराटनगरका कलेजहरू पढ्दै र शोभा लामासँग मीठो दाम्पत्यजीवन यापन गर्दै साहित्य लेखनतर्फ अग्रसर कवि बलका एक छोरा र एक छोरी छन् ।
मृत्यु
शुक्रबार बिहान मर्निङवाकबाट फर्किएर घरमा नुहाउँदै गर्दा वेहोस भएका वरिष्ठ कवि प्राज्ञ कृष्णभूषण बललाई चार दिनअघि ब्रेन ह्यामेरज भई विराटनगरसिथत न्यूरो अस्पतालमा भर्ना गरिएको थियो र चिकित्सकले २०६९ असार ११ गते साँझ सोमबार साँझ ७.२५ बजे मृतः घोषणा गरेका हुन् । ब्रेन ह्यामरेज’ भएर अचेत अवस्थामा पुग्नुभएका बल उपचारार्थ अस्पताल भर्ना भएको समाचार प्रवाहसँगै कैयौँ साहित्यप्रेमीको मन दुःखी तुल्याउदै रोगले एकैपटक गाँजेर ६५ वर्षको उमेर पनि पूरा गर्न नपाउँदै कृष्णभूषण बल जानुभयो, सबैलाई छाडेर । प्रसिद्ध कवि कृष्णभूषण बल नेपाली साहित्य क्षेत्रका एक मूर्धन्य व्यक्तित्व हुन् । उनको मृत्युले यस क्षेत्रमा क्षति पुगेको छ । कवि रिमालको बहुचर्चित गीतझैँ एक युगमा एक चोटी जन्मिने कवि हुन् कृष्णभूषण बल ।
लेखनशैली
कृष्णभूषण बलका कविता कसिला, खाँदिला र सुन्दर छन्। उनको अभिव्यक्तिमा व्याख्यात्मकता, प्रतिकात्मकता, बिम्बात्मकता पाइन्छ। यथार्थता, समकालीनता, छन्दमुक्तता, सरलता आदि उनका अभिव्यक्तिगत पहिचान र विशेषता हुन्।
बलका समकालिन कवि विष्णुविभु घिमिरेले "कृष्णभूषण बलका कवितामा जुन सौन्दर्य चेतनाको इन्द्रेणी छ, त्यो अनुभूति गर्दा लाग्छ- उनी यस धर्तीमा सुन्दर कविता लेख्नकै लागि जन्मिएका हुन्। उनी जब लेख्छन्। उनले लेखेपछि त्यो सुन्दर कविता बन्छ।" भनेका छन् भने बलको लामो सङ्गतमा रहेका वर्तमान पुस्ताका सशक्त कवि सुमन पोखरेलले उनको व्यक्तित्व तथा सिर्जनात्मकता तथा प्रस्तुतिका बारेमा "कृष्णभूषण बल झट्ट हेर्दा ल्याङ्स्टन ह्यूज र मार्टिन लुथर किङका साझा भतिजा लाग्दछन्, तर यिनी हाम्रै इलामबाट अमिलो, धमिलो बग्दै आएर विराटनगरमा थिग्रिई जगतभर चम्किएका मोती हुन् । यिनले अँजुलीमा पोखरीबाट धमिलो पानी उबाएर कागजमा पोख्दा जगतै जगमगाउने गरिको उज्यालो भएर निस्कन्छ। यिनले पोडियममा यसो कुहिनाको आड लिएर बोल्न थाल्दा सभाभवनका भित्री भित्ताहरू पग्लिँदै भूईँतिर बग्न थालेझैँ लाग्दछ । यिनले वाचन गर्दा चैतको हुरी पनि यिनको कविता सुनेर मात्र दौडिने निधो गरी मन्दमन्द बहन थालेझैँ अनुभूत हुन्छ, मलाई ।" भनेर लेखेका छन् ।
स्रोतः [http://https://ne.wikipedia.org/wiki/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%AD%E0%A5%82%E0%A4%B7%E0%A4%A3_%E0%A4%AC%E0%A4%B2 / स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया]
Mover, Reupload, Uploader
10,372
edits