भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दिनेश अधिकारी / परिचय

12 bytes added, 09:00, 20 जुलाई 2017
|रचनाकार=दिनेश अधिकारी
}}
'''दिनेश अधिकारी ''' (अङ्ग्रेजी: Dinesh Adhikari) जन्म सन् १९५९, ७ डिसेम्बर विक्रम सम्बत: २०१६ साल मंसिर २२ गते नेपाली कवि तथा गीतकार हुन् । नेपाली कविता एवम् गीति क्षेत्रका श्रष्टा दिनेश अधिकारी उनका कृति "अतिरिक्त अभिलेख"ले कविता विधामा मदन पुरस्कार प्राप्त गर्ने पछिल्लो (वि.सं. २०५६) व्यक्तित्व हुन् । मानवतालाई अन्तिम शर्त मानी कवितामा उभिन आइपुगेका नेपाली कवितामा समकालीन पुस्ताका एक माइलस्टोन हुन् दिनेश अधिकारी । तीक्ष्ण संवेदना र प्राञ्जल शैलीका धनी कवि अधिकारीका कवितामा एकातिर समकालीन सन्दर्भप्रतिको यिनको संवेदनशीलता प्रखर ढंगले उजागरित भएको पाइन्छ भने अर्कोतिर मानवजीवनका शाश्वत र नैसर्गिक भावहरु पनि उत्तिकै टड्कारोसित अनुगुञ्जित भएको सुन्न सकिन्छ । उनका फुटकर कविताहरुको संगालो "अतिरिक्त अभिलेख" एक मनमोहक काव्य-पुञ्जको रुपमा आएको छ । विम्व, प्रतीक, व्यञ्जना, वक्रोक्ति, व्यंग, सूक्ष्महास विद्रोह, पीडा, बुद्धि र भावनाबीचको समन्वय, लयसंवेदना आदि सबैको सम्यक् सन्तुलनको कारण दिनेश अधिकारी एक आकर्षक कवि हुन् ।
पुराना र नयां पुस्ता बीचका सेतु, जसले गीत र कविताका धाराले देश दुखेर क्लान्त देशबासीका मनमा शीतलताको वर्षात गराएर अनि देशलाइ कुल्चिएर अपमान गर्ने देशघातीहरुलाई शूली चढाएको भावनाका अभिव्यक्ति पोखेर लाखौ नागरिकका हृदयमा न्यानो बास पाउने दिनेश अधिकारी सक्षम कवि हुन् ।
'''प्रारम्भिक जीवन''':
अधिकारीको जन्म बाबु नन्दनहरि अधिकारी र आमा शारदादेवीका सुपुत्रका रूपमा वि.सं. २०१६ साल मंसिर २२ गते सोमबारका दिन बानेश्वर, काठमाडौंमा भएको हो। उनको खास नाम दिनेशहरि अधिकारी हो। बानेश्वर, काठमाडौंमा जन्मिएका कवि/गीतकार दिनेश अधिकारीको बाल्यकाल पढाईको प्रकृयासंगसंगै कहिले काठमाडौं त कहिले सर्लाहीको हरिऔंनमा बितेको देखिन्छ । उनी तीन वर्षको हुंदा अर्थात २०२० सालमा सपरिवार सर्लाहीको हरिऔंनमा बसाईं सरेको कारण बाल्यकाल समयको बसाइ अवधि काठमाडौंको तुलनामा सर्लाहीको हरिऔंनमा बढी भएको छ ।
'''शिक्षा''':
उनको औपचारिक शिक्षाको सुरुवात काठमाडौंको धुम्बाराही मन्दिरपरिसरमा रहेको हालको धुम्रबराह माध्यमिक विद्यालयबाट भएको हो । कक्षा १ र २ सोही विद्यालयमा अध्ययन गरी कक्षा ३ र ४ उनले हरिऔन, सर्लाहीस्थित हालको महादेव जनता माध्यमिक विद्यालयबाट पुरा गरेका हुन् भने कक्षा ६ र ७ हरिऔन, सुखेपोखरीस्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । कक्षा ८ काठमाडौंको नक्सालमा अवस्थित नन्दीरात्रि माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरी ९ र १० का लागि उनी फेरि सर्लाही, हरिऔनकै चतुर्भुजेश्वर माध्यमिक विद्यालयमा पुगी सोही विद्यालयबाटै प्रवेशिका उत्तीर्ण गरेका उनले २०३४ सालमा नेपाल ल क्याम्पस, काठमाडौंमा भर्ना भई २०३५ सालमा प्रवीणता प्रमाणपत्र तह २०३९ सालमा कानुन विषयमा स्नातक गरेका हुन् । २०४५ सालमा मानविकीतर्फ राजनीतिशास्त्र विषयमा स्नातकोत्तर (एम.ए.) पास गरेका छन् ।
'''कार्य जीवन''':
साहित्यिक लेखनका अतिरिक्त कवि/गीतकार दिनेश अधिकारी सरकारी निजामती सेवामा पनि आबद्ध भई २०३८ साल भदौ २८ गतेदेखि ना.सु. पदबाट सरकारी सेवामा स्थायी रुपमा प्रवेश गरेका हुन् भने २०४१ सालमा अधिकृत स्तरमा न्याय सेवामा प्रवेश गरी बेलाबेलामा बढुवा पाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव र महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ताको पदमा कार्यरत रहंदै आएका अधिकारी नेपाल प्रशासन सेवामा आफ्नो सेवा परिवर्तन गरी स्वास्थ्य मन्त्रालयमा सहसचिवको पदमा समेत कार्यरत रहेका थिए । २०६६ सालदेखि सचिव पदमा बढुवा भई नेपाल सरकारको विभिन्न मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी वहन गर्दै वि.सं. २०७१ साउनमा सेवा निवृत भएका हुन् ।
'''व्यक्तिगत जीवन''':
उनको जीवनयात्राको २५ वर्ष हुँदा अर्थात २०४१ साल माघ २५ गते उनी वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । चाबहिल, काठमाडौं निवासी सरदार स्व. विष्णुमणि आचार्य तथा विजया आचार्यकी ठाहिंली छोरी उषा आचार्यसँग उनको विवाह भएको हो । यी दम्पत्तीका पहिलो छोरी लिपि अधिकारीको वि.सं. २०४३ मा र दोस्रो छोरा शव्द अधिकारीको २०४६ मा जन्म भएको हो । हाल उनी यही चार जनाको परिवारका साथ बत्तीसपुतली, काठमाडौं महानगरपालिकामा बसोबास गर्दछन् ।
'''साहित्यिक यात्रा''':
"तिमी जुन रहरले ममा फुल्न आयौ", र "यो संझिने मन छ म बिर्सु कसोरी" यी कालजयी गीतहरुका स्रष्टाले घरको वातावरण अनुकूल भएपनि १० वर्षको उमेरदेखिनै कविता लेख्न थालनी गरेका हुन् । कवि अधिकारी र कवि विष्णु विभु घिमिरे द्धयले संयुक्त रुपमा लेखिएको कविता समय मिति २२ माघ २०३८ सालको राष्ट्रपुकार (साप्ताहिक) मा छापिए वापत उहांहरुलाई तात्कालीन व्यवस्थाले मुद्दासमेत चलाएको थियो ।
अहिलेसम्म ५ सयभन्दा बढी उनका गीत रेकर्ड भइसकेको छ । विभिन्न कालजयी गीतका सर्जक अधिकारीले मदन पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार पाएका छन् ।
'''लेखनशैली''':
आफूलाई औसत मान्छे ठाने पनि कवितालार्ई जीवनको अभिन्न पक्ष मान्ने स्रष्टा अधिकारी सिर्जनाकै माध्यमबाट आफूलार्इ स्वतन्त्र रुपमा अभिव्यक्त गर्ने गरेको र यसलाई माध्यम बनाएर मान्छेलाई माया गर्ने, निफन्ने र उधिन्ने काम पनि गदै आइरहेको स्वीकार गर्छन् । उनको कविताको मियोमा मान्छे उभिएको हुन्छ भने कविताभरि मानवता धड्किएको हुन्छ । जम्मामा कविताको विषय, उद्देश्य र धड्कन सम्पूर्णतः मान्छे नै रहेको उनका कविताहरु मान्छेकै परिधिमा महकिन्छन् अर्थात अहङकारहीन प्रेमजस्तो ईश्वरत्वको अनुभूत गर्न सकिने उनका कविताहरु स्वयम् प्यास र पानी दुवै हुन् । उनका कविताको रसास्वादनपछि भावकका आंखामा अत्मतुप्तिको चमक प्रसारित हुनु कविताले मोक्ष प्राप्त गर्नु हो र यही सत्यकवितको काव्यिक सफलताको जीवन्त साक्ष्य पनि हो । यसर्थमा उनी मानवीय शाश्वत मूल्यका कवि हुन् भन्न सकिन्छ । कवि अधिकारी जीवनका विसंगत अँध्यारा पक्षहरुलार्इ अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शव्दका जादुगर हुन् । यद्यपि नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पा७कको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरिरकेको हुन्छ । उनी सरल विम्बात्मक प्रस्तुतिभित्र सामयिक बोधको सहजसम्प्रेषणसहित गम्भीर भावप्रकाशन गर्नमा अत्यधिक रमाउंछन् । कुनै वाद र विवादको पछि लागेर भन्दा केवल मान्छे हुनुको अर्थमा लेख्ने मानवीय सूक्ष्म संवेदनका कवि अधिकारकिा कविताहरु निश्चय नै प्रकृति र जीवनसंगको सुरुचिपूर्ण संवाद हुन्ः समयचेतनाको प्रेमपूर्ण तादाम्त्य हुन् । यसर्थमा उनका कविताहरु केमल छन्, सौम्य छन्, बौद्धिकभन्दा बढी हार्दिक छन् र भावकका अन्तर्मनका कन्दरामा शालीन भएर ध्वनित भइरहन्छन् ।
Mover, Reupload, Uploader
10,371
edits