भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको ।
छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।।
जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति ।
भत्भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।
पसिना अथवा श्वेतरगत त्यो चिउँडाद्खिन् तप्केको ।
श्वास-खंलाती खूब वेगले बढ्दा पेट छ हप्केको ।।
बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको ।
जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।।
गिरि-चुचुराको* हाट पुर्यानई बेची मोल मिलेकाले ।
बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।।
झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी ।
दरिद्रताकी जीवित मूर्ति दारुवाहिनी हे बहिनी !
विधिले भारी बोक्ने जीवनदिई पठाएथ्यो त पनि ।
यौटा भारी बोके पुग्ने बोक्नु परेको किन तीन ?
घरमा शिशुको रक्षक नभए दुइ भारी त हुने नै भो ।
भारी माथी तेस्रो भारी छ दाउराकै, त्यो किन हो ?
दाउरेनीः-
के गरुँ दाई ! ठाडो भारी ‘आटोपीठी’ गर्ने हो ।
तेर्सो सानो ‘चुरट-तमाखु’ लाई बोक्नै पर्ने भो ।।
यात्रीः-
भोक नहर्ने रोग नहर्ने धूवाँ तान्ने नगरे ता ।
भारी माथी भारी बोक्ने दुःख हराउन जाँदो हो ।।
दाउरेनीः-
सङ्गतले यो अम्मल खाने सानै देखिन् बानी भो ।
छोड्न नशकिने, उति उतिमाहाँ ‘तलतल’ लाग्ने गर्ने ।।
यात्रीः- (मनमनै )
अहहह ! यस्ता दीनहरुकन पनि जकडेको अम्मलले !
तन, मन धनको शोषक यसको यस्तो घोर प्रचार अहो !
( प्रकाश गरी )
‘तलतल’ लाग्दा ‘तलतल‘ लाग्यो यै त खराब भयो बहिनी !
कति नै दुःख गरेर कमाऊ, लाग्ने भइनौ हाय उँभो !
(मनमनै )
आफ्नो केही खूबी छ भने जन-हित-गर्वी सरकार !